टी-२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने नेपालको कीर्तिमान भंग

Thankot Times

थानकोट ।

टी-२० क्रिकेटमा धेरै रन बनाउने नेपालको कीर्तिमान तोडिएको छ ।

जिम्बाब्वेले आईसीसी पुरुष ट्वान्टी-२० सब रिजनल छनोटमा गाम्बियाविरुद्ध ३४४ रन बनाएपछि नेपालको नाउँमा रहेको कीर्तिमान भंग भएको हो ।

यसअघि नेपालले एशिसा कपमा मंगोलियाविरुद्ध ३१३ रन बनाउँदै ट्वान्टी-२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने टिमको कीर्तिमान राखेको थियो ।

बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर ३४४ रन बनाएको हो । जिम्बाब्वेलाई यो कोसेढुंगामा पुर्‍याउन कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा सात चौका र १५ छक्कासहित अभिजित १३३ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *