आईसीसी टी-२० ब्याटिङ वरियतामा कुशल भुर्तेलको ३१ स्थान सुधार

Thankot Times

थानकोट । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टी-२० आईको ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशल ३१ स्थान सुधारका साथ ९९औं स्थानमा उक्लिएका छन् ।

गत सोमबार अमेरिकासँगको तीन वटा टी-२० आई सिरिज नेपालले क्लिन स्विप गर्दा कुशलले एक अर्धशतक सहित सर्वाधिक एक सय ४२ रन बनाएका थिए ।

ब्याटिङ वरियतामा कप्तान रोहितकुमार पौडेल चार स्थान सुधार गर्दै ५९ औं र आसिफ शेख दुई स्थान सुधार गर्दै ६९औं स्थानमा छन् ।

टी-२० आईको बलिङ वरियता तर्फ दीपेन्द्रसिंह ऐरी ६२ औं स्थानमा छन् ।

सोमपाल कामी तीन स्थान सुधार गर्दै ९२औं स्थानमा छन् ।

अलराउन्डर तर्फ दीपेन्द्रसिंह दोस्रो स्थानमा कायम छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *