यू-१० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा
थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट खेलका लागि बुधबार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
आगामी नोभेम्बर ४ देखि १४ तारिखसम्म संयुक्त अरब इरिमेट्स (यूएई)मा हुने उक्त छनोट प्रतियोगिताको लागि पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

त्यसैगरी छनोट हुने टोलीको अन्य सदस्यीयमा सोनी पाख्रिन उपकप्तान, अलिसा यादव, साना प्रविन, ज्योत्स्निका मरासैनी, कुसुम गोदार, सावित्रा धामी, करिस्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमना केसी, स्नेहा महरा, रचना चौधरी र तिर्सना विक छन् ।
उक्त छनोट प्रतियोगितामा आयोजक यूएईसँगै नेपाल, कुवेत र थाइल्यान्ड सहभागी हुनेछन् ।











