साफ वुमन्स च्याम्पियनसिप: आज नेपालले श्रीलंकाको सामना गर्दै
थानकोट ।
काठमाडाैंमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत नेपालले आज समुह चरणको अन्तिम खेलमा श्रीलंकाको सामना गर्दैछ ।
आज नेपाल रहेकै समुह बी मा रहेका भुटान र माल्दिभ्सबीच पनि प्रतिस्पर्धा हुनेछ ।
बिहीबारको खेलपछि प्रतियोगितामा समुह बी बाट अन्तिम चारमा पुग्ने दुवै टोलीको टुंगो लाग्नेछ ।

समान २-२ खेलपछि नेपाल र भुटान यस समूहमा अपराजित छन् र दुवैको समान ४ अंक छ ।
श्रीलंका ३ अंकसहित तेस्रो स्थानमा रहँदा बिना कुनै अंक माल्दिभ्स अंक तालिकाको पुच्छरमा रहेको छ ।
भुटानले आज माल्दिभ्सविरुद्ध बराबरी गरेमा अघिल्लो चरण पुग्नेछ भने श्रीलंका नेपालमाथि स्पष्ट जित निकाले मात्रै सेमीफाइनल पुग्नेछ ।











