नेपाल साफ महिला च्याम्पियनसिप-२०२४ सेमीफाइनलमा, फाइनल प्रवेशका लागि भारतसँग खेल्ने

Thankot Times

थानकोट। 

नेपाल समूह विजेताको रुपमा साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित हात पारेको हो । 

नेपालका लागि रेखा पौडेलले २, सविता रानामगर, सावित्रा भण्डारी (साम्बा), अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान १-१ गोल गरे ।

नेपालले गोलको आधारमा भुटानलाई पछि पारेर समूह विजेता बनेको हो ।

समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट ७ अंक जोडेको छ । दोस्रो स्थानको भुटानले पनि सातै अंक जोडेको छ । तर, भुटान गोल आधारमा पछि परेको हो ।

श्रीलंका तीन अंक जोड्दै तालिकाको तेस्रो स्थान रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ । दोश्रो सेमीफाइनलमा भुटान र बंगलादेशबीच खेल हुनेछ ।

दुवै सेमीफाइनल खेल आगामी आइतबार हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *