साफ महिला च्याम्पियनसिप- दुवै सेमीफाइनल खेल आज, नेपालले भारतको सामना गर्दै
थानकोट ।
साफ महिला च्याम्पियनसिपको दुवै सेमीफाइनल खेल आज हुँदैछ ।
पहिलो सेमीफाइनल खेलमा दिउँसो १ः३० बजे भुटान र बंगलादेशबीच खेल हुनेछ। दोश्रो सेमीफाइनल खेलमा साँझ ६ः३० बजे नेपाल र भारतबीच खेल हुनेछ ।
घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन्।
यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् । साफ मै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।











