महिला च्याम्पियनसिप-२०२४: फाइनल खेलको टिकट बिक्रीमा एन्फाले रोक लगायो

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण गर्न रोक लगाएको छ।

आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले टिकट बिक्रीमा रोक लगाएको हो।

एन्फाले सोमबार जारी गरेको सूचनामा भनेको छ, “कात्तिक १४ गते बुधबार साँझ ६:३० बजे दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुने फाइनल खेलको टिकट बिक्री अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।”

एन्फाले टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.सँग सोधपुछ भइरहेको जनाएको छ। यसै क्रममा एन्फाले सर्वसाधारणलाई कुनै पनि माध्यमबाट टिकट खरिद नगर्न र थप सूचनाको प्रतीक्षा गर्न आग्रह गरेको छ।

आइतबारको सेमिफाइनल खेलमा १९ हजारभन्दा बढी दर्शक उपस्थित थिए। अनलाइनबाट र भाैतिक रुपमा उपस्थित भएर टिकट खरिद गरेका दर्शकहरुले समेत मैदानमा प्रवेश पाएका थिएनन्।

एन्फाद्धारा सोमबार जारी सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *