साफ महिला च्याम्पियनसिप: फाइनल खेल हेर्न दशरथ रंगशाला छिर्दा यी चिज बोक्न निषेध

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनलमा रंगशालामा लैजान नपाइने सामग्रीको सूची सार्वजनिक गरेको छ । 

च्याम्पियनसिपको फाइनलमा बुधबार साँझ नेपालले बंगलादेशविरुद्ध खेल्दै छ । यो खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ । एन्फाले मंगलबार रंगशाला परिसरमा प्रतिबन्धित सामग्रीको सूची सार्वजनिक गरेको हो । 

यी हुन् प्रतिबन्धित सामग्री : 
१. हातहतियार– बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार । 

२. धूम्रपान र आगो बाल्ने सामग्री– चुरोट, लाइटर, सलाई आदि ।

३.मादक पदार्थ– मदिरा र अन्य नसालु पदार्थहरू ।

४. झोला र ठूला ब्यागहरू– साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन् । 

५. हेल्मेट र सुरक्षात्मक उपकरणहरू– हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू । 

६. प्रचार सामग्री– अनुमतिबिना ब्यानर, झण्डा, पोस्टर आदि ।

७. प्रक्षेपण गर्न मिल्ने वस्तुहरू– पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने  धातुका मुद्रा क्वाइन ।

८. लेजर लाइट– खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट, ड्रिंस र अन्य

९. अवैध पदार्थ– कुनै पनि प्रकारका लागु औषधहरू

१०. छाता– लिबिस्टिक, नेल कटर, कैँची, काँइयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *