हङकङ सिक्सेस लिगः नेपालले अस्ट्रेलियालाई दियो ११२ रनको लक्ष्य

Thankot Times

थानकोट ।

हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको छ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दुई विकेटको क्षतिमा १११ रन बनाएको हो।

नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।

लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाए। उनी अस्ट्रेलियाका ज्याक वुडबाट आउट भए। नेपालका लागि विवेक यादवले चार बलमा १२ रन हिर्काए।

राशिद खानले दुई बलमा १२ रन बनाएको खेलमा एक बल खेलेका नारायण जोशीले एक रन जोडे।

एक खेल अगावै प्रतियोगिताको क्वाटर फाइनल पुगेको नेपालले आ ज नै श्रीलंकाको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *