विश्वकप लिग-२ः आज नेपालले अमेरिकाको सामना गर्दै
थानकोट ।
विश्वकप लिग–२ अन्तर्गतको एक दिवसीय सिरिजमाआज राति नेपाल र अमेरिकाबीच खेल हुँदैछ ।
नेपाली समय अनुसार राति ९ः१५ बजे डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने खेलमा अमेरिकासँग यहि सिरिजको पहिलो पराजयमाथि जित निकाल्ने अवसर नेपालले पाएको छ।

यसलाई सदुपयोग गर्न सके नेपाली फ्यानले हर्षोल्लास गर्नेछन्।
त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको थियो। यो जित नै नेपाल फेरि खेलमा फर्किन सक्छ भन्ने आत्मविश्वासको उदाहरण हो।
किनभने यहि सिरिजमा स्कटल्यान्डले अमेरिकालाई पराजित गरेको थियो।
सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले पराजित गरेको थियो। दुई टोलीबीच हालसम्म खेलिएका आठ ओडीआईमा नेपालले ४ र अमेरिकाले ३ खेल जितेको छ भने एउटा खेल बराबरीमा टुंगिएको थियो।
लिग–२ अंक तालिकामा नेपाल सातौं स्थानमा छ । टोलीले १० मध्ये २ खेल जित्दै ५ अंक जोडेको छ।
अमेरिका ११ खेलमा ७ जितसहित १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ।














