आईसीसी विश्वकप क्रिकेट लिग-२ः वर्षा बाधक बन्दा नेपाल र स्कटल्याण्डले अंक बाँढे
थानकोट ।
आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत सोमबार रातिका लागि तय भएको नेपाल र स्कटल्यान्ड बीचको खेल वर्षाका कारण रद्द भएको छ ।
खेल रद्द भएसँगै दुवै टोलीले समान १-१ अंका बाँढेका छन् ।
टस हारेर खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।
डिभिजन-२ को अङ्क तालिकामा नेपाल १२ खेलको समाप्तीमा ६ अङ्कसहित सातौँ स्थानमा छ ।
तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् ।
स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।















