काठमाडौंका भित्तामा नेपाली म्यारेडोना र साम्बाको चित्र

Thankot Times

थानकोट ।

वर्षायाम लागेसँगै स्थगित गरिएको भित्ते चित्र लेखनको कार्यलाई काठमाडाैं महानगरपालिकाले पुनः सुचारु गरेको छ ।

काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित फुटपाथको भित्तामा नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको चित्र बनाएको छ ।

नेपाली टिमकी स्टार फरवार्ड खेलाडी हुन्, साम्बा ।

पछिल्लोपटक साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध उनले गरेको गोलले खेलप्रेमीको मन जितेको थियो ।

फाइनलमा बंगलादेशसँग पराजित भए पनि नेपाली महिला फुटबल खेलाडीको सर्वत्र चर्चा भएको थियो ।

काठमाडौं महानगरले महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँसहित सम्मान गरेको थियो ।

तस्बिर काठमाडाैं महानगरपालिका

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *