स्थानीय तहको उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

Thankot Times

थानकोट । 

मंसिरमा १६ मा हुने स्थानीय तहको उप-निर्वाचनअन्तर्गत आज मंगलबार उमेदवारको नामावली प्रकाशन हुने तालिका रहेको छ ।

साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ ।

भोलि मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

भोलि नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 

निर्वाचन कार्यतालिका अनुसार हिजो सोमबार उम्मेदवारहरूको मनोनयन उपर दाबी विरोध पेश गर्ने तालिका रहेको थियो । कीर्तिपुर नगरमा विभिन्न ३ पदमा हुने चुनावका लागि उम्मेदवारी दिएका ४२ जना उम्मेदवारहरू उपर कुनै दाबी विरोध नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *