३१ हजार मतदाता भएको कीर्तिपुर नगरमा दिउँसो १ बजेसम्म १४ हजार ५७६ जनाले दिए भोट

Thankot Times

थानकोट ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकामा आइतबार दिउँसो १ बजेसम्म १४ हजार ५७६ मत खसेको छ ।

३१ हजार १ सय २२ जना मतदाता रहेको कीर्तिपुरमा उपनिर्वाचनअन्तर्गत नगरप्रमुख र वडा नम्बर–१ र ४ को वडाध्यक्ष पदका निम्ति मतदान भइरहेको छ ।

मतदान बिहान ७ बजेदेखि सुरु भएको हो ।

बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

कीर्तिपुर नगरपालिका वडा नं १ मा २६१५ मतदाता रहेका छन् ।  कीर्तिपुर नगरपालिका वडा नं ४ मा ४४५२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *