उप निर्वाचनः मतदान प्रक्रिया सम्पन्न, आज रातिबाटै परिणाम आउने

Thankot Times

थानकोट ।

स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।

आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएको बताए ।

आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छिन् । आज २९३ मतदान केन्द्रवाट मतदाताले मतदान गरेका छन् ।

काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् ।

आज रातिबाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्व जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *