उपनिर्वाचनः कीर्तिपुरको मेयरमा रुख चिन्ह ५ सय मतले अघि, पछ्याउँदै सूर्य, हँसिया हताैडा तेस्रो

Thankot Times

थानकोट ।

उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर पदको मतगणना जारी छ ।

यहाँ वडा नं. १ र ४ को वडाध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएसँगै अब मेयर पदको मतगणना तिव्र पारिएको छ । 

हिजो आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत कीर्तिपुर नगरमा नेपाली कांग्रेसका उमेदवारले सुरुवाती अग्रता कायम राखेका छ ।

पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका उमेदवार कृष्णमान डंगोल १ हजार ३१३ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरले ९७८ मत पाएका छन् 

यस्तै, नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जन ७१६ मतसहित तेस्रो स्थानमा छन् । 

कीर्तिपुर नगरको मेयरमा ११ स्वतन्त्रसहित २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *