उपनिर्वाचनः कीर्तिपुरमा ८९०० मत गणना हुँदा २९६ मत बदर, रुख र सूर्यबीच मतान्तर ३६०

Thankot Times

थानकोट ।

उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर पदको मतगणना जारी छ ।

हिजो आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत कीर्तिपुर नगरमा नेपाली कांग्रेसका उमेदवारले सुरुवाती अग्रता कायम राखेका छ ।

८८९५ मत गणना भइसक्दा २९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल २ हजार ४ सय २१ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरले २०६१ मत पाएका छन् 

यस्तै, नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जन १६५६ मतसहित तेस्रो स्थानमा छन् । 

कीर्तिपुर नगरको मेयरमा ११ स्वतन्त्रसहित २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

दिउँसो १ः३० बजेसम्मको मतगणता अपडेट यस्तो छः

१)रुख – २४२१
२)सुर्य – २०६१
३)हसिया हथौड़ा – १६५६
४)केटाकेटी – ९६५
५)हलो – ३५७
६)बाकस – २३६
७)मादल – ५७
९) कलम – ४३
१०)कैंची – ६४९

खसेको मत – ८८९५
सदर मत – ८५९९
बदर मत – २९६


Leave a Reply

Your email address will not be published. Required fields are marked *