उपनिर्वाचनः कीर्तिपुरको मेयरमा नेपाली काँग्रेसको अग्रता कायमै, मतान्तर ६५९
थानकोट ।
स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरमा मेयर पदको मतगणना जारी छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार ३३८५ मत सहित नेपाली काँग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् ।
नेकपा एमालेका सुरेन्द्र मानन्धरले २७२६ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जन २३१७ मतका साथ तेस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जन १२०७ मतका साथ चाैथो स्थानमा छन् ।
अर्का स्वतन्त्र उम्मेदवार दिनेश कुमार अधिकारीले ९७५ मत पाएका छन् ।










