उपनिर्वाचनः कीर्तिपुरमा नेपाली कांग्रेसको ‘क्लीन-स्वीप’, १० वटै वडा नेपाली काँग्रेसको हातमा
थानकोट ।
मंसिर १६ मा सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसले कीर्तिपुरका तीन वटै पदमा जित हात पारेको छ ।
आइतबार भएको उपनिर्वाचनबाट मेयर र दुई वडामा कांग्रेसकै उमेदवार निर्वाचित भएपछि पालिकासहित सबै वडा कांग्रेसको नेतृत्वमा गएको हो ।
उपनिर्वाचनबाट मेयरमा कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । डंगोल ५ हजार ३ सय ३४ मत ल्याएर निर्वाचित भएका हुन् ।
वडा नम्बर १ र वडा नम्बर ४ को वडाध्यक्षमा पनि कांग्रेसकै उमेदवार निर्वाचित भए । वडा नम्बर ४ मा ०७९ मा स्वतन्त्र उमेदवारले जितेका थिए ।
कीर्तिपुर १ मा नेपाली काँग्रेसका इच्छा महर्जन र कीर्तिपुर ४ मा सोही पार्टीका राजेन्द्र बानियाँ विजयी भए ।
यो सँगै कीर्तिपुर नगरका सबै १० वटै वडाको नेतृत्व नेपाली काँग्रेसको हात पुगेको छ । उपमेयर शुभलक्ष्मी शाक्य २०७९ को निर्वाचनमा रुख चिन्हबाट निर्वाचित भएकी थिइन्
अब कीर्तिपुरमा काँग्रेसका मेयर, उपमेयर, १० वडाध्यक्ष र ३३ वडा सदस्य भएका छन् । एमालेबाट दुई जना महिला वडा सदस्य छन् । तीन जना स्वतन्त्र सदस्य छन् । काँग्रेसबाट निर्वाचित एक वडासदस्यको भने निधन भएको छ ।










