नेपाल प्रिमियर लिगः आज जनकपुर र पोखरा तथा काठमाण्डाै र सुदूरपश्चिमबीच खेल हुने

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आठाैं तथा बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । 

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ ।

जनकपुर बोल्ट्स सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै लयमा छ । उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराएको जनकपुरले त्यसपछि सन्तुलित र चर्चित टिम मानिएको कर्णाली याक्सलाई पराजित गरेको थियो ।

पोखरा भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।

बिहीबार हुने दिनको दोस्रो तथा प्रतियोगिताको नवाैं खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

काठमाण्डुले २ खेलमा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले एक खेल खेल्दा सो खेल जितेको छ ।

यस्तो छ अंकतालिकाः


Leave a Reply

Your email address will not be published. Required fields are marked *