नेपाल प्रिमियर लिग क्रिकेट: सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले पराजित गर्यो

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हराएको छ ।

युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको हो । सुदूरले यसअछि पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो । काठमान्डुको तेस्रो खेलमा यो दोस्रो हार हो । पहिलो खेलमा चितवनसँग हारेको काठमान्डुले त्यसपछि कर्णाद्यी याक्सलाई पराजित गरेको थियो ।

नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । नरेन जारी एनपीएलमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *