टीआरसीका अध्यक्ष तथा सदस्यका लागि सर्ट लिष्टमा परेका ४० जनाको सूची सार्वजनिक

Thankot Times

थानकोट ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले सर्ट लिस्टमा परेका ४० जनाको नाम सार्वजनिक गरेको छ ।

सर्ट लिस्टमा कसैको कुनै प्रतिक्रिया भए सूचना प्रकाशन भएको मितिले पाँच दिनभित्र पुस्ट्याइँ हुने आधार प्रमाणसहित समितिको सचिवालयमा लिखित वा विद्युतीय माध्यमबाट आइपुग्ने गरी उजुरी  पेस  गर्न  पनि समितिले आग्रह गरेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम यही सर्टलिस्टबाट तय हुने समितिले जनाएको छ ।

गोरखापत्र दैनिकमा शनिबार प्रकाशित सूचना हेराैं

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *