रास्वपा सभापति रवि लामिछानेविरुद्ध चार दिन म्याद थप

Thankot Times

थानकोट ।

सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो ।

लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ ।

लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *