नेपाल प्रिमियर लिग क्रिकेटः लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित
थानकोट ।
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित हात पारेको हो ।
रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।
पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार नै दिउँसो १ बजे कर्णाली र पोखराबीच खेल हुँदैछ ।














