थानकोटमा पनि भेटियो हैजा, सतर्कता अपनाउन नगरप्रमुख गिरीको अपिल

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाको पाँच ठाउँमा हैजा देखिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंको बागबजार, डिल्लीबजार, कपन, थानकोट र ललितपुरको सानेपामा हैजा देखिएको छ । हैजा पुष्टि भएको ठाउँमा पानी दूषित रहेको पाइएको छ ।

‘पानीमा इकोली र कोलिफर्म जीवाणु पुष्टि भएको छ,’ महाशाखा प्रमुख चुमनलाल दासले भने, ‘धाराको पानी दूषित छ । पानी कहाँबाट दूषित भएको हो खोजी भइरहेको छ ।’

उनका अनुसार हालसम्म ८ जनामा हैजा पुष्टि भएको छ । उनीहरूको टेकु र बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच चन्द्रागिरि नगरमा पनि हैजाको संक्रमण पुष्टी भएपछि नगरप्रमुख घनश्याम गिरीले सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *