त्रिभुवन पार्कको स्तरोन्नतिका लागि चन्द्रागिरि नगरपालिकाद्धारा बोलपत्र आह्वान
थानकोट ।
त्रिभुवन पार्कको स्तरोन्नतिका लागि चन्द्रागिरि नगरपालिकाले बोलपत्र आह्वान गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै नगरले पार्कको भित्र संरचना निर्माण एवं स्तरोन्नति कार्यका लागि बोलपत्र आह्वान गरेको हो ।
सो बोलपत्र फाल्गुन ४ मा खोलिने समेत नगरद्धारा सूचनामा उल्लेख छ ।
चन्द्रागिरि नगर कार्यपालिका सदस्यहरूद्धारा त्रिभुवन पार्कको अनुगमन
त्रिभुवन पार्क संरक्षण तथा स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारबाट समपुरक अनुदान र चन्द्रागिरि नगरपालिकाबाट चालु आर्थिक वर्षका लागि करिब ३ करोड रुपैयाँ विनियोजन भएको छ ।













