सभापति कप फुटबलः मच्छिन्द्र फुटबल क्लबलाई स्तब्ध बनाउँदै सङ्कटा क्लब उपाधि नजिक

Thankot Times

थानकोट ।

दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लबलाई  हराउँदै सङ्कटा फुटबल क्लब फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा सोमबार साँझ भएको पहिलो सेमिफाइनलमा सङ्कटा फुटबल क्लबले मच्छिन्द्रलाई सडनडेथमा ८–७ ले पराजित गर्यो । यो सँगै मच्छिन्द्र प्रतियोगिताबाट बाहिरिँदा सङ्कटा उपाधि नजिक पुगेको हो ।

आज दोस्रो सेमिफाइनलमा आयोजक बाग्मती लोकतान्त्रिक र एनआरटीबीच खेल हुनेछ ।

उपाधि भिडन्त बिहीबार हुनेछ ।

नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

यसैगरी उपविजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *