थानकोट-चित्लाङ सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान
थानकोट ।
थानकोट-चित्लाङ सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान भएको छ ।
शुक्रबार संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडाैंले शुक्रबार एक सूचना जारी गर्दै ३ किलोमिटर सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान भएको हो ।
सडक स्तरोन्नतिका लागि करिब १५ करोड बराबरको ठेक्का आह्वान भएको संघीय सांसद् महेश बर्ताैलाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्र्याक खुलेको चन्द्रागिरि तर्फको धेरै खण्डको स्तरोन्नति हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्न परिरहेको छ । सो सडकको मकवानपुरतर्फको खण्डसमेत जीर्ण छ ।
स्थानीयले वि. सं २०१८ देखि २०२२ सम्म तत्कालीन गाडी बोक्ने गोरेटोलाई जनश्रमदानबाट चित्लाङ-थानकोट मार्गको निर्माण गरेका थिए । सरकारले २०६२ सालदेखि यो सडक निर्माण सुरु गरेको थियो ।
थानकोट–चित्लाङ सडकलाई समग्र मकवानपुर र विशेष गरी उत्तरी क्षेत्र थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिकाले ‘समृद्धि ढोका’को रूपमा लिने गरेका छन् ।













