पछिल्लो ६ महिनामा चन्द्रागिरि हिल्सले ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ नाफा कमायो

Thankot Times

थानकोट ।

चालु आर्थिक वर्ष (२०८१/८२) को दोस्रो त्रैमाससम्म चन्द्रागिरि हिल्स लिमिटेडको नाफा ५.७८ प्रतिशतले बढेको छ ।

कम्पनीले यो अवधिमा ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा चन्द्रागिरिले ६ करोड २८ लाख रुपैयाँ नाफा गरेको थियो ।

नाफा बढे पनि दोस्रो त्रैमाससम्म गत वर्षको तुलनामा आम्दानी घटेको छ ।

गएको पुषसम्म कम्पनीले ४२ करोड २५ लाख रुपैयाँमा आम्दानी गरेको छ । गत आवको पुषसम्म ४५ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको कम्पनीको भनाइ छ ।

आम्दानी घट्दा पनि नाफा बढ्नुको कारण प्रशासनिक खर्चमा आएको कमी रहेको कम्पनीले जनाएको छ ।

यो पुससम्म कम्पनीले ५ करोड २१ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ र गत वर्षको पुससम्म ५ करोड ७० लाख थियो ।

चालु आवको पुससम्म चन्द्रागिरि हिल्सको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *