साबा वुमन्स बास्केटबल: नेपाल भारतसँग फराकिलो अन्तरले पराजित
थानकोट ।
तेस्रो साबा वुमन्स बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित भएको छ ।
नयाँ दिल्लीस्थित जादभ इन्डोर स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ११०-३२ अन्तरले पराजित भएको हो ।
तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल र भारतसहित माल्दिभ्स पनि सहभागी छ ।
दोस्रो संस्करण भएको साँढे दुई वर्षपछि साबा वुमन्स च्याम्पियनसिपको तेस्रो संस्करण भएको हो ।
नेपाल लगातार तेस्रो पटक खेल्दैछ भने भारत पहिलो पटक खेल्न लागेको हो ।
यसअघि दुवै संस्करणको उपाधि जितेको श्रीलंका भने यस पटक सहभागी छैन् ।












