महिला टी-२० आई सिरिज: युगान्डाविरुद्ध नेपाल १ विकेटले विजयी

Thankot Times

थानकोट ।

युगान्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय टी-२० सिरिज अन्तर्गत दोश्रो खेलमा नेपालले घरेलुमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउँदै ७६ रन बनाएपछि नेपालले सो लक्ष्य पाएको थियो ।

युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन् ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो ।

युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । नेपालका लागि पुजा महतोले तीन तथा कप्तान इन्दु बर्माले दुई विकेट लिइन् ।

हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले हङकङलाई हराएको थियो । शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन् ।

नेपालले भोलि हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्ने तालिका छ ।

सबै टोलीले एक–अर्कासँग समान दुई/दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ