चार देश सम्मिलित महिला टी-२० आई सिरिजको उपाधि युगान्डालाई, नेपाल चाैथो

Thankot Times

थानकोट ।

युगान्डामा सम्पन्न चार देश सम्मिलित वुमन्स डे कपको उपाधी घरेलु टोलीले जितेको छ ।

आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा नामिबियालाई ८ विकेटले पराजित गर्दै युगान्डा च्याम्पियन बनेको हो ।

नामिबियाले दिएको ७२ रनको लक्ष्य युगान्डाले २ खेलाडीको नोक्सानीमा १५ ओभरमा भेटायो ।

युगान्डासहित नेपाल, हङकङ र नामिबिया सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा सीमित भएको छ।

प्रतियोगितामा आइतबारका लागि तय भएको तेस्रो स्थानको खेल वर्षाका कारण रद्द भएपछि नेपाल चौथोमै सीमित भएको हो।

समूह चरणका ६ खेलमध्ये २ खेल मात्र जितेको नेपालको ४ अंक थियो। तेस्रो स्थानमा रहेको हङकङको ६ अंक थियो।

यी दुई टोलीबीच तेस्रो स्थानका लागि छुट्टै अर्को खेल हुने तालिका थियो तर वर्षाका कारण खेल रद्द भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *