त्रिकोणीय डजबल प्रतियोगिता: पहिलो सहभागितामा नै नेपाललाई अन्तर्राष्ट्रिय पदक

Thankot Times

थानकोट ।

भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागिता मै कास्य पदक प्राप्त भएको छ ।

अप्रिल २५ देखि २७ सम्म भारतको कर्नाटकमा आयोजना भएको प्रतियोगितामा नेपाल, भारत र मलेसियाका टोलीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नेपालले भारतसँग ३–१ को र मलेसियन राइनोजसँग ५–० को हार बेहोरेको थियो ।

नेपाली टोलीले छोटो समयमा प्राप्त गरेको यस सफलताले नेपालमा डजबल खेलको भविष्य थप उज्यालो बनाउने विश्वास दिलाएको नेपाल डजबल महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *