कीर्तिपुर मैदानको काम सम्पन्न गर्न प्रधानमन्त्रीले दिए थप दुई महिनाको समय सीमा
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिका विषयमा बनाउने काम नसकिएपछि मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएका छन् ।
उनले निर्माण सम्पन्न गर्न थप दुई महिना समय समेत दिएका छन् ।
ओली मन्त्रीपरिषदको पहिलो वैठकले किर्तिपुर मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो ।
भोलि २४ गते ३०० दिन पुग्दैछ ।
सो अवधिभित्र काम नसकिने भएपछि ओलीले स्पष्टीकरण मागेका हुन् ।













