बिहानै दुर्घटनाको खबर, यात्रुबसले मोटरसाइकललाई ठक्कर दिँदा नैकापका युवाको ज्यान गयो
थानकोट ।
ललितपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका-४ स्थित एकान्तकुना-खरिबोट खण्डमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नैकाप बस्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको अल्का अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार नम्रता लामिछाने र निजका छोराको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।












