लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगाको सभापतिमा उदय भण्डारी चयन, कसलाई कुन जिम्मेवारी ?
थानकोट ।
लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगाको सभापतिमा उदय भण्डारी चयन भएका छन् ।
संस्थाको छैटाैं वार्षिक साधारणसभाले भण्डारीलाई वर्ष २०२५-२६ का लागि सभापति चयन गरेको हो ।
गत शनिबार नैकापस्थित योगाको हलमा सम्पन्न साधारण सभाले भण्डारीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
जसअनसार संस्थाको संस्थाको प्रथम उपसभापतिमा इञ्जिनियर अमृत आचार्य, द्वितिय उपसभापतिमा ठाकुर पन्थी जगदीस र तृतिय उपसभापतिमा डा. संजय तिवारी चयन भएका छन् ।

राजकुमार खरेलले संस्थामा अतिरिक्त उपासभापतिको जिम्मेवारी पाउँदा कृष्णजंग थापा सचिवमा दोहोरिएको संस्थाका वर्तमान सभापति इन्द्र न्याैपानेको भनाइ छ ।
कोषाध्यक्षमा टीकाकुमारी खड्का चयन हुँदा सहकोषाध्यक्षमा उत्तम सुवेदी निर्वाचित भएका छन् ।
७० सदस्यीय संस्थाको सहसचिवमा गणेश घिमिरे चयन भएका छन् ।
यसैगरी सर्विस कमिटी चेयर पर्सनमा मोहन कार्की चयन भएका छन् ।
यो कार्यसमितिले वर्ष २०२५-२६का लागि कार्य गर्नेछ । यही जुन महिनाबाट यो कार्यसमितिले जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
संस्थाको साधारणसभा सत्र उद्घाटन हुनुअघि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ विभिन्न वडाका वडाध्यक्षहरू, संस्थाका सदस्यहरू, स्थानीय समाजसेवी, विभिन्न संस्थाका प्रतिनिधि तथा खेलाडीहरूको टोलीले नगरपरिक्रमा गरेको थियो ।
सो क्रममा लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगाका वर्तमान (वर्ष २०२४-२५) सभापति इन्द्र न्याैपाने दम्पतीलाई विशेष सम्मान गरिएको थियो ।
सन् २०२० मा वरिष्ठ दन्त चिकित्सक सुभाष घिमिरेको अगुवाइमा लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगाको स्थापना गरिएको थियो ।
हाल ७० जनाले संस्थाको सक्रिय सदस्यता लिएका छन् भने ५० जनाले आजीवन सदस्यता लिइसकेको क्लबको दाबी छ।













