चन्द्रागिरि प्याब्सन अन्तर विद्यालय कविता लेखनमा हाई न्यू भिजनका आदर्श विज्ञान पहिलो

Thankot Times

थानकोट ।

चन्द्रागिरि प्याब्सन अन्तर विद्यालय कविता लेखन तथा वाचन प्रतियोगितामा हाई न्यू भिजन एकेडेमीका आदर्श विज्ञान खड्काले पहिलो स्थान हात पारेका छन् । 

मेरो प्यारो देश नेपाल शीर्षकमा आयोजित प्रतियोगितामा  चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित हाई न्यू भिजन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छात्र आदर्श विज्ञान खड्का पहिलो भएको प्याब्सन चन्द्रागिरि नगरले जनाएको छ । 

यस्तै, चन्द्रागिरि-११ सतुङ्गलस्थित एम्ब्रोजिया आइडियल सेकेण्डरी स्कूलमा कक्षा ९ मा अध्ययनरत सम्पूर्ण काफ्लेले दोश्रो स्थान हात पार्दा नैकापस्थित ब्राइट फ्यूचर मावि र बलम्बुस्थित विद्याश्री एकेडेमीका छात्राहरू क्रमश प्रिसा लेखक र श्रीया पाैडेलले समान तेस्रो स्थान प्राप्त गरे । 

प्रतियोगिताका विजेता तथा सहभागीहरूका लागि प्याब्सन काठमाडाैंका प्रमुख सल्लाहकार प्रेम कुमार राई (परिक्षित), प्याब्सन काठमाडाैं जिल्ला उपाध्यक्ष सूर्य बहादुर के.सी. लगायतले पुरस्कार वितरण गरेका थिए । 

कार्यक्रममा निरञ्जन ढकाल, सबिता रेग्मी र माधवप्रसाद देवकोटाले निर्णायकको भूमिका निभाएका थिए ।

यस प्रकारका सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूमा भाषा, भाव र देशप्रेमको विकासमा सशक्त भूमिका खेल्ने विश्वास लिइएको प्याब्सन चन्द्रागिरि नगर अध्यक्ष सरोज महर्जनको भनाइ छ ।
प्रतियोगितामा प्याब्सनसँग आबद्ध मध्ये चन्द्रागिरि नगरका विभिन्न १३ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ