करेन्ट लागेर हेटौँडामा एकै परिवारका तीनजना घाइते

Thankot Times

थानकोट ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७, नागसोती शान्तिटोलमा मंगलबार साँझ करेन्ट लागेर एकै परिवारका तीनजना घाइते भएका छन् ।

विद्युत्‌को कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गरेको अवस्थामा विद्युत्‌को तार अचानक भुइँमा खस्दा सडकमा हिँडिरहेका स्थानीय ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उनको श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र उनको नातिनी एक वर्षीया श्रीयाना पुडासैनी करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

घाइते तीनैजनालाई हेटौँडा अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ