पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडाैं महानगरका मेयर बालेनबीच भेट

Thankot Times

थानकोट ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेकी छन् ।

उनीहरुको भेटका बारेमा दुवै पक्षले केही खुलाएको छैन् ।

तर बालेनको सचिवालय स्रोतले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिकाको बजेटका सम्बन्धमा पनि कुराकानी भएको थियो ।

“राजनीतिक विषयमा पनि कुराकानी भयो भन्ने जानकारी प्राप्त गरेका छौँ,” बालेनको सचिवालय स्रोतले भन्यो,“उहाँले पहिलेदेखि नै भेट्न चाहनुभएको थियो । बिहीबार आधा घण्टा जति भेट भएको हो ।”

उनीहरूबीच पूर्वराष्ट्रपति भण्डारीको बुढानिलकण्ठस्थित निवासमा भेट भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *