नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज सकिँदै

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार सक्ने तयारी छ।

बैठक दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय सदस्य र पूर्वपदाधिकारीले बोल्ने क्रम सकिएपछि पदाधिकारीले बोल्ने क्रम जारी छ ।

बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेश भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।

बैठकले क्रियाशील सदस्यता टुंगो लगाउने, भ्रातृ संस्थाहरूको अधिवेशन लगायतका विषयमा निर्णय गर्नुका साथै समसामयिक विषयमा पनि निर्णय गर्ने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *