नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
थानकोट ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।
अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो ।
बाढी-पहिरोले पुर्याएको क्षति, सरकारको कामकारबाहीसहित समसामायिक राजनीतिक विषयमा छलफल गर्न बैठक डाकिएको सो पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।
उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तथा यसअघि सञ्चालन गरिएका अभियानका बारेमा पनि बिहीबार बस्ने बैठकमा समिक्षा गरिने भएको छ ।












