नवनियुक्त मन्त्री न्यौपानेले आज दिउँसो ३ बजे सपथ लिने

Thankot Times

थानकोट ।

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ ।

यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

मेयरमा हारेकी नेकपा एमालेकी भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय गरिएको हो । 

मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रिय सभा निर्वाचनमा भने विजयी भएकी थिइन् ।

उनको ६ वर्षे राष्ट्रिय सभा कार्यकाल भने आगामी फागुनमा सकिँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *