साफ यू-१७ च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल समुह ए मा
थानकोट ।
साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।
आइतबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको समूह तालिकामा नेपालसँगै समूह ‘ए’मा आयोजक श्रीलंका र बंगलादेश छन् ।
समूह ‘बी’मा भुटान, भारत, माल्दिभ्स र पाकिस्तान छन् ।
दक्षिण एसियाका सात राष्ट्र समिलित प्रतियोगिता आगामी भदौ ३० देखि असोज ११ गते (सेप्टेम्बर १५ देखि २७) सम्म श्रीलंकामा हुने तय भएको छ ।
सबै खेल श्रीलंकाको कोलम्बो शहरमा हुने तालिका छ ।
प्रतियोगिता लिग कम नकआउट प्रणलीमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा जम्मा १२ खेल हुनेछन् ।














