नागढुङ्गामा अस्थायी रूपमा सवारी साधनको नम्बर प्लेट ‘स्क्यानिङ’ मेसिन राखिने

Thankot Times

थानकोट ।

राजधानी काठमाण्डाै भित्रने प्रमुख नाका नागढुङ्गामा राखिने भनिएको सवारी साधनको नम्बर प्लेट स्क्यानिङ मेसिन अस्थायी प्रकृतिको हुने भएको छ ।

हाल नागढुङ्गा-सिस्नेखोला सुरूङ मार्गको समेत निर्माण भइरहेको हुँदा भविष्यमा स्क्यानिङ मेसिन अन्यत्र स्थानान्तरण गर्न पर्नसक्ने सम्भावना देखिएकोले हाललाई सो मेसिन नागढुङ्गामा अस्थायी रूपमा राख्न उपयुक्त देखिएको सरोकारवालाहरूले बताएका हुन् ।

नागढुङ्गामा सवारी साधनको नम्बर प्लेट स्क्यानर जडान गरिँदै

काठमाडौँ महानगरपालिकाको पूर्वाधार विकास समन्वय बैठक ट्राफिक प्रहरी इन्जिनियर गणशेखर श्रेष्ठ नागढुङ्गामा राखिने सवारी साधनको नेमप्लेट स्क्यानिङ मेसिन अस्थायी रूपमा राख्ने बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले अबको ६ महिनाभित्र स्क्यानिङ मेसिनका लागि आवश्यक सफ्टवेयर उपलब्ध हुनसक्ने बताउनुभयो । नेपालमै पहिलोपटक राख्न लागिएको सवारी साधनको नेमप्लेट स्क्यानिङ मेसिन स्थापनार्थ करिब साढे दुई करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । उक्त मेसिन राजधानी भित्रने र बाहिरिने सवारी साधनहरूको अभिलेख संकलन एवं व्यवस्थापनमा कोशेढुंगा साबित हुने बताइएको छ ।

सांकेतिक तस्बिर

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *