चित्लाङको तरकारी बोकेको गाडी थानकोटमा पल्टियो, मर्निङ वाल्करहरू तरकारी टिपेर फर्किए
थानकोट ।
चित्लाङबाट काठमाडाैंतर्फ तरकारी बोकेर आउँदै गरेको गाडी चन्द्रागिरि नगरपालिका-०४ थानकोट चुनिखेलस्थित सडकमा दुर्घटनामा परेको छ ।
मंगलबार बिहान करिब ३ः४५ बजे सो दुर्घटना भएको बताइएको छ । गाडी सडकमै पल्टिएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार हरियो तरकारी लादिएको बा १५ च ७७९२ नम्बरको बोलेरो गाडी थानकोट गोदामको चुनिखेलस्थित नेपाली सेनाको शिक्षालय अघिल्तिरको मूल सडकमा पल्टिएको हो ।
सो क्रममा गाडीमा सवार एक जना भएका छन् । टाउकोमा चोट लागेका उनको महांकालस्थानस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी वृत्त थानकोटले थानकोट टाईम्सलाई जानकारी दियो । सो दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
दुर्घटनास्थलमा छरिएको तरकारी टिपेर मानिसहरू घर फर्किरहेको दृश्य धेरैले मोबाइलमा कैद गर्न भ्याएका छन् ।
तस्बिरः मोहनलाल डाँगी












