बागमती प्रदेशमा एमालेका ५ जना मन्त्री फेरिँदै, विन्दु श्रेष्ठले पनि जिम्मेवारी पाउने चर्चा

Thankot Times

थानकोट ।

बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज मंगलबार दिउँसो सपथ ग्रहण गरेपछि नेकपा एमालेका तर्फबाट मन्त्री बन्ने व्यक्तिहरूको नाम प्रायः टुंगो लगाइएको बुझिएको छ ।

एमालेका अधिकांश मन्त्रीहरू आजै नियुक्त भई सपथ लिने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।

एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जना मन्त्री भने पुनः दोहोरिने भएका छन्, भने अन्य पाँच जना नयाँ अनुहार हुने निश्चित जस्तै छ। दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर हुन्।

एमालेका तर्फबाट सम्भावित मन्त्रीहरूको विवरण यसप्रकार छः

  • किरण थापा मगर – स्वास्थ्य मन्त्री (पुनः नियुक्त)

  • जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री (काठमाडौँ)

  • भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री (दोलखा)

  • मधुसुधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्री (ललितपुर)

  • डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री (काठमाडौँ)

  • बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री (काठमाडौँ)

आज दिउँसोसम्म कुनै फेरबदल नभए यी नामहरू अन्तिम हुने र उनीहरूले आजै सपथ लिने तयारी गरिएको एमाले स्रोतले जनाएको छ।

यता, सत्ता साझेदार नेपाली कांग्रेसबाट भने प्रारम्भिक चरणमा दुई जना मात्र मन्त्री नियुक्त हुने सम्भावना रहेको बुझिएको छ। तीन जना भने बहादुरसिंह लामाले नियुक्त गरेका सांसद् नै मन्त्री बन्ने छन् ।

जनपत्रबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *