एसइई नतिजामा असन्तुष्ट विद्यार्थीका लागि पुन: परीक्षणपछि पनि उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा चित्त नबुझेर पुन: परीक्षण गराएका विद्यार्थीलाई उत्तरपुस्तिका हेर्ने व्यवस्था उपलब्ध गराउने भएको छ।

कार्यालयले शुक्रबार प्रकाशित सूचनामा पुन: परीक्षणका लागि निवेदन दिएका विषयमध्ये नतिजा प्रति विषय चित्त नबुझ्ने विद्यार्थीले प्रति विषय दुई हजार रुपैयाँको दरले राजश्व खाता नं. १४२२३ मा रकम जम्मा गर्नुपर्ने उल्लेख गरेको छ।

विद्यार्थीले तोकिएको ढाँचामा निवेदन तथा कबुलियतनामा पेश गर्नुपर्नेछ।

उत्तरपुस्तिका हेर्ने प्रक्रिया उत्तरपुस्तिका पुनः परीक्षण निर्देशिका, २०७५ बमोजिम, विषयगत विज्ञ र अभिभावकको उपस्थितिमा सञ्चालन गरिनेछ।

दिन र समयको जानकारी परीक्षार्थीले निवेदनमा दिएको सम्पर्क नम्बरमार्फत उपलब्ध गराइनेछ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *