सतुङ्गलमा आज विद्यार्थी सम्मान कार्यक्रम आयोजना हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुङ्गलले आज शनिबार विद्यार्थी सम्मान कार्यक्रम आयोजना गर्दैछ ।

सो वडाभित्रका विद्यालयबाट २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका विद्यार्थीहरू तथा कक्षा १२ को परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरू सम्मानित हुने वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

चन्द्रागिरि वडा नं. ११ का विष्णुदेवी शिक्षा सदन मावि, जेसिस इन्टर नेशनल स्कुल र एआई स्कुलका विद्यार्थीहरू गत वर्ष माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका थिए ।

यस्तै, विष्णुदेवी शिक्षा सदन मावि र जेसिस इन्टर नेशनल स्कुलका विद्यार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

कार्यक्रम बिहान ८ बजेबाट वडा कार्यालय हातामा सुरु हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *