नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलका निम्ति नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

Thankot Times

थानकोट ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको निम्ति नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

शुक्रबार नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले मैत्रीपूर्ण खेलको निम्ति गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन् ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीका खेलाडीहरूको नामसमेत सार्वजनिक गरेको छ ।

एन्फाका अनुसार, टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, ऐरिक विष्ट, दिप कार्की, दिनेश हेञ्जन, जिलेस्पी जंग कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रणदीप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, श्रृजन राज, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, तिकेन्द्र थापा र योगेश गुरुङ छन् ।

नेपालले बंगलादेशसँग आगामी भदौ २१ र २४ गते दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

दुवै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *