मलेसियामा विश्व युवा स्क्राबल च्याम्पियनसिप सुरु, नेपालका १४ जना खेलाडी सहभागी

Thankot Times

थानकोट ।

मलेसियाको राजधानी क्वालालामपुरमा शनिबार (३० अगस्ट)देखि विश्व युवा स्क्राबल च्याम्पियनसिपको २० औं संस्करण सुरु भएको छ ।

१ सेप्टेम्बरसम्म जारी रहने प्रतियोगिताको पहिलो दिन शनिबार ८ चरणका खेल सकिएका छन् ।

नेपालका १४ जनासहित विश्वका विभिन्न देशका २२५ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । चन्द्रागिरिका ब्राइट फ्युचर, पथिक ज्ञान निकेतन स्कुलका विद्यार्थीहरू समेत सो प्रतियोगितामा भाग लिइरहेको बताइएको छ ।

मलेसियाकी युवा तथा खेलकुद मन्त्री हन्ना योह क्वालाम्पुरस्थित श्रीकेयल इन्टरनेशनल स्कुलमा सो प्रतियोगिता उद्घाटन समारोहमा सहभागी भएकी थिइन् । सो क्रममा उनले स्क्राबललाई खेल ओलम्पिक खेलमा समेत समावेश गर्नुपर्नेमा जोड दिइन् ।

प्रतियोगिताको अन्तिम दिन सोमबार विभिन्न उमेर समूह अनुसार उत्कृष्ट खेलाडी, उच्च अंकको खेल, उत्कृष्ट शब्द विधामा प्रतिस्पर्धी पुरस्कृत हुनेछन् ।

अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन खेलाइने स्क्राबल खेल संसारभर लोकप्रिय छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *